011-680112 laxminarayan2075@gmail.com Sun–Fri: 10:00 AM – 4:00 PM
Event

विद्यालयको ७०औँ वार्षिकोत्सव कार्यक्रका झलकहरु र नृत्यहरू चल्ने चित्र मा 🙏🙏🙏

विद्यालयको ७०औँ वार्षिकोत्सव कार्यक्रका झलकहरु र नृत्यहरू चल्ने चित्र मा 🙏🙏🙏

Published May 27, 2026
Valid Until July 17, 2026
Location School Campus

आज असार ३ गते।हाम्रो विद्यालयको ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस वि व्य स अध्यक्ष मिनकुमार तामाङ्को सभापतित्व ;नमोबुद्ध नगरपालिका वडा नं ११ का वडाअध्यक्ष कृष्णवहादुर तामाङ्को प्रमुख आतिथ्यता र नमोबुद्ध नगरपालिका वडा नं १ का वडाअध्यक्ष प्रेमबहादुर तामाङ्को विशिष्ट आतिथ्यतामा सम्पन्न भयो।विद्यालयमा ३ दशकभन्दा बढी समय सेवा गर्नु भै हालै निवृत्त हुनुभएका विद्यालयका पुर्व प्रधानाध्यापक /शिक्षक आदरणीय गुरु मुरारीप्रसाद पौडेल  र शिक्षिका आदरणीय रेखादेवी श्रेष्ठलाइ  सम्मान तथा विदाइ गरियो ।विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने शिक्षक एवं विद्यार्थीलाइ सम्मान तथा पुरस्कृत गर्नुका साथै निवर्तमान वि व्य स र शि अ सं का पदाधिकारीज्युहरुलाइ मायाको चिनोसहित सम्मानपत्रद्वारा सम्मानित गरियो। विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए।कक्षा १२ का विद्यार्थीहरुलाइ विदाइ तथा कक्षा ११ का नवागन्तुक विद्यार्थीहरुलाइ स्वागत गरिएको कार्यक्रममा विद्यार्थीको तर्फबाट  उषा भन्डारी र रस्मिता लामाले आफ्नो भनाइ राखेका थिए।शिक्षक सुरज परियारले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्र अ मनोहर श्रेष्ठ र विद्यालयको समग्र प्रतिवेदन प्र अ महेशप्रसाद कोइरालाले प्रस्तुत गर्नुभयो।कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुप्रती विद्यालय हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।